सभापति खतिवडाको पहलमा पात्लेका २३७ पहिरो पीडितलाई राहत

सभापति खतिवडाको पहलमा पात्लेका २३७ पहिरो पीडितलाई राहत


भिजन समाचार
1.4k
Shares

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा २३७ जना पहिरोपीडितलाई राहत सामग्री वितरण गरिएको छ ।

गत असार १६ गते ओखलढुंगाको मोलुङ गाउँपालिका– ७ पात्लेको जेसे गौँडा, पहरी वस्ती, गुरुङवारी, तामाङ वस्ती, रचनेलगायतका गाउँमा गएको पहिरोले ४० घर पूर्णरुपमा क्षति हुँदा २३७ प्रभावित भएका थिए ।

खुला आकाश मुनी बसिरहेका उनीहरुलाई सभापति खतिवडाको पहलमा शनिबार राहत सामग्री वितरण गरिएको हो । खतिवडाको पहलमा ४० बोरा चामल, ४० लिटर खाने तेल, ४० केजी नुन, ४० थान त्रिपाल, १५० थान स्लिपिङ ब्याग, बच्चाहरुका लागि दुई सय केजी लिटो, महिला दिदिबहिनीहरुका लागि सेनिटरी प्याड एक सय थान, साबुन दुई सय वटा, मन्जन ५० वटा, ब्रस एक सय वटा लगायतका राहत सामग्री वितरण गरिएको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।

खतिवडाले श्री शान्ती सेवा गृह, तिलगंगा, काठमाडौँलाई अनुरोध गरेर श्री शान्ती सेवा गृहले राहत सामग्री उपलब्ध गराएको थियो ।

राहत सामग्री वितरणमा नेपाली कांग्रेस प्रवक्ता प्रदिप वानिया, मोलुङ–०७ का वडा अध्यक्ष हेम सुनुवार, नेपाली कांग्रेस जिल्ला सदस्य प्रकाश दाहाल लगायतको सहभागीता रहेको थियो ।