एमाले सुनकोशीको अध्यक्षमा सुनिल

एमाले सुनकोशीको अध्यक्षमा सुनिल


भिजन समाचार
3.4k
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेकपा एमाले पालिका कमिटी अध्यक्षको जिम्मेवारी इन्द्रबहादुर खड्का सुनिलले पाएका छन् । यसअघि जिल्ला कमिटी सदस्य र पालिका इन्चार्ज रहेका खड्कालाई शनिवार सम्पन्न दोश्रो अधिवेशनबाट पालिका अध्यक्षको जिम्मेवारी दिइएको हो ।

दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा एमालेबाट पालिका अध्यक्षको उम्मेदवार बनेका खड्कालाई नै पार्टीले पालिकामा संगठन बनाउने जिम्मेवारी सुम्पिएको छ ।

उपाध्यक्षमा गीर्व राज थापामगर, सचिवमा इन्द्रप्रसाद धमला, उप-सचिव दुई पदमा चेतबहादुर कटवाल र सूर्यकुमारी घताल निर्विरोध निर्वाचित भएका छन् ।

पालिका अधिवेशनलाई जिल्ला इन्चार्ज खगेन्द्र राई, जिल्ला कमिटी अध्यक्ष जिवी खड्का, उपसचिव अस्मिता थापालगायतले सम्बोधन गरेका थिए ।

एमालेले ओखलढुंगामा पालिका अधिवेशन गरिरहेको छ ।