ओखलढुंगा एमालेले पालिका कमिटीको अधिवशेन जेष्ठ २० गते भित्र सम्पन्न गर्ने भएको छ । जिल्ला कमिटीको दोस्रो बैठकले ८ वटै पालिका कमिटीको अधिवेशन आगामी जेठ २० गते भित्र सक्ने निर्णय गरेको हो ।
बैठकले नेकपा एमाले जिल्ला कमिटी अन्तरगत रहेका एक नगर सहित ८ वटै पालिका कमिटीहरुको अधिवेशन तोकिएको मिति भित्रै सम्पन्न गराउन जिल्ला कमिटीका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ ।
अध्यक्ष ज्ञान बहादुर खड्कालाई सबै पालिकामा समन्वय गर्ने, उपाध्यक्ष कमलप्रसाद न्यौपानेलाई खिजीदेम्बा र मोलुङ, सचिव अशोक कुमार थापालाई चिशंखुगढी र मानेभन्ज्याङ, उपसचिव राजिव कटवाललाई सिद्धिचरण नगरपालिका र चम्पादेवी तथा उपसचिव अस्मिता थापालाई लिखु र सुनकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने जिम्मेवारी तोकिएको छ ।
पालिका कमिटीहरुको बैठक तथा कार्यक्रममा माथिल्ला कमिटीका नेताहरुले पनि सहयोग र समन्वय गर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया