ओखलढुंगा एमालेका निवर्तमान अध्यक्षले पार्टी छाडे, राजनीतिबाटै विश्राम लिएको घोषणा

ओखलढुंगा एमालेका निवर्तमान अध्यक्षले पार्टी छाडे, राजनीतिबाटै विश्राम लिएको घोषणा


भिजन समाचार
53
Shares

नेकपा एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकरबहादुर कट्वालले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट राजिनामा दिएका छन् । नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित कट्वाल दशौं जिल्ला अधिवेशनसम्म आइपुग्दा पार्टी छाड्ने अवस्थामा आइपुगेका हुन् ।

कट्वालले जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई राजीनामा पत्र लेख्दै पार्टी त्यागेका छन् ।

अध्यक्ष कट्वाल बन्दसत्र र निर्वाचन प्रक्रियामा समेत सहभागी भएनन् ।
उनको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले सदस्यता नविकरण गर्दा प्रकृया नपुगेको भन्दै केहि जिल्ला नेता र आफ्नै जिल्ला कमिटीका सदस्यहरुकै नाम समेत छुटाएको थियो । निर्धारित मितिमा नविकरण नभएका केही नेताको सदस्यता नविकरणका लागि पछि पठाइएको थियो । कतिपयले शुल्क नबुझाएका कारण छुटेको र केहीको शुल्क लिएर पनि नविकरणमा छुटाएको पाइएको छ । आफ्नो कार्यकालमा आफैंले समयमा गर्न नसकेको सदस्यता नविकरणको विषयले अधिवेशनमा सामान्य विवाद उत्पन्न भएको थियो । सोही विषयलाई कारण देखाएर उनले पार्टी परित्याग गरेका छन् ।


पार्टीमा लामो समयको क्रियाशिलता बिट मार्दै आफुले सकृय राजनीतिबाट विश्राम लिएको बताए । अब सामाजिक काममा रहेपनि राजनीतिक यात्रा नगर्ने उनको भनाइ छ ।