हर्कबोलको हार्दिकता : भावुक भाषण गरेर २४ वर्षिय जिल्ला कमिटीको यात्रा टुङ्ग्याए

हर्कबोलको हार्दिकता : भावुक भाषण गरेर २४ वर्षिय जिल्ला कमिटीको यात्रा टुङ्ग्याए


भिजन समाचार
0
Shares

ओखलढुंगा एमालेका नेता हर्कबोल राईले निर्वाचनमा पराजित भएपछि गहकिलो हार्दिकता प्रस्तुत गरेर २४ वर्षिय जिल्ला कमिटीको सांगठनिक यात्रा टुङ्ग्याएका छन् । अध्यक्षमा पराजित भएपछि अब ओखलढुंगा एमालेको सांगठनिक यात्रामा कहिल्यै नफर्कने गरी बिदा लिएको बताए ।


नव निर्वाचित जिल्ला कमिटीको सपथग्रहण समारोहमा शुभकामना मन्तव्य राख्दै आफु एमालेमा रहेर उत्तिकै सकृय रहने र कार्यकर्ताको भावनामा चोट नपुर्याउने प्रतिवद्वता जनाएका छन् ।

लामो इतिहास र कष्टकर विगतलाई सम्झँदै नेता राईले नव निर्वाचित जिल्ला कमिटीले कार्यकर्ताको भावना बुझेर काम गर्न अनुरोध गरेका छन् ।

निर्वाचित अध्यक्ष जिवी खड्कालाई खादा लगाएर बधाई दिएका राईले पार्टी काममा आफु सकृय रहने प्रण गरेका छन् । उनले भावुक भाषण गरेर जिल्ला कमिटीबाट बिदा मागेका थिए ।

लामो राजनीतिक इतिहास बोकेका राई माम्खा गाविसका पूर्व गाविस अध्यक्ष र संविधान सभाका सदस्य (समानुपातिक) हुन् । पार्टीका विभिन्न जिम्मेवारीमा काम गरेका राई जिल्लाका वैचारिक नेतामा पर्छन् ।