संघियता संस्थागत भए देशको विकास हुन्छ : देउवा

संघियता संस्थागत भए देशको विकास हुन्छ : देउवा


भिजन समाचार
477
Shares

पुर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाले संघियतालाई राम्रो सँग चलाउन सके देश विकास गर्न सकिने बताउनु भएको छ । बीपी स्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आउनु भएका सभापती देउवाले यस्तो बताउनुभएको हो । “देश लोकतान्त्रिक गणतन्त्रमा गईसेको छ,” उहाँले भन्नुभयो “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ ।” यो व्यवस्थाले आदिवासी, जनजाती, मधेसी, महिला, दलित लगायत सबैलाई अपनत्व दिलाउन आवश्यक रहेको वहाको भनाई छ । यसै अवसरमा नेपाली काँग्रेसका केन्द्रीय नेता शेखर कोईरालाले देशमा बेरोजगार समस्या बढ्दो क्रममा रहेको बताउनु भएको छ । यसका समाधानका लागि कृषि क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्न सकिने नेता कोईरालाको भनाई छ । पछिल्लो समय देशमा एनसेलमा भ्रष्ट्राचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली काँग्रेसले सदनमा आवाज उठाउने नेता कोईरालाले बताउनुभयो । संघियता सहितको लोकतान्त्रीक गणतन्त्र यो व्यवस्थाको रक्षाका लागि काँग्रेस लाग्ने महामन्त्री गगन थापाले बताउनुभयो । यसका साथै देशमा भ्रष्ट्राचार अन्त्यका लागि नेपाली काँग्रेसले महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको महामन्त्री थापाको भनाई छ । पार्टी सुधारेर लैजान आवश्यक रहेको महामन्त्री थापाले औल्याउनु भयो । “पार्टी सुधार्न आवश्यक छ,” वहाले भन्नुभयो “चिन्ता २०८४ को होईन अहिलेको आजको गरेर लागौं ।” छिट्टै संघमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाले बताउनुभएको छ । काँग्रेसले देशमा अविभाकको भूमिका खेल्ने थापाको भनाई छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका नागरिकलाई निराश नहुन आग्रह गर्नुभएको छ । अहिले प्रदेशले सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री कार्कीले बगाउनुभयो । बीपी स्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा सहमहामन्त्री भिष्म आङदाम्बे, पार्टी प्रवक्ता मिन विश्वकर्मा, कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की, पुर्व मुख्यमन्त्री उद्धव थापा, केन्द्रीय सदस्यहरु रामहरी खतिवडा, प्रदिपकुमार सुनुसार लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सम्मेलन बुधबार सम्म सन्चालन हुने जिल्ला पार्टी सभापती तेजेन्द्र खनालले जानकारी दिनुभयो । कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापतीहरु लगायत महत्वपुर्ण भूमिका खेल्नुहुने महानुभावहरुलाई सम्मान गरिएको सभापती खनालको भनाई छ । पुर्व सभापतीहरु महेश कुमार कर्माेचा, प्रदिप कुमार सुनुवार, गोमा केसी साथै अन्य व्यक्तिहरु स्वर्गिय डिल्लीराम खनाल, मित्रसेन दाहाल, चन्द्रकान्त दाहाल, दुर्याेधन गिरीलाई सम्मान गरिएको नेपाली काँग्रेस ओखलढुङ्गाले जनाएको छ ।