ओखलढुंगा कांग्रेसको पार्टी कार्यालय केन्द्रिय सभापति देउवाद्धारा उद्घाटन

ओखलढुंगा कांग्रेसको पार्टी कार्यालय केन्द्रिय सभापति देउवाद्धारा उद्घाटन


भिजन समाचार
6k
Shares

नेपाली कांग्रेस ओखलढुंगाको पार्टी कार्यालय केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । नवनिर्मित वीपी स्मृति भवनको पार्टीका केन्द्रिय सभापति देउवाद्धारा उद्घाटन गरिएको हो ।

मंगलबार प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न ओखलढुंगा आएका देउवाले भवन उद्घाटन गरेका छन् ।

अब जिसस परिषरमा आयोजित प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भवन उद्घाटन  र सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासँगै नेता शेखर कोइराला, महामन्त्री गगन थापा, केन्द्रिय सदस्यहरु रामहरि, खतिवडा र प्रदीप सुनुवार, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, कोशीका मुख्यमन्त्री केदार कार्की ओखलढुंगा आएका छन् ।

ओखलढुंगा सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिती छ ।