कांग्रेसको प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल नियुक्त

कांग्रेसको प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल नियुक्त


भिजन समाचार
0
Shares

कांग्रेसको प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल नियुक्त भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विद्यान अनुसार म्याद समाप्त भई स्वतः विघटन भएको सेनानी संघको अध्यक्षमा ओखलढुंगाका नेता दाहाल नियुक्त गरेका हुन् ।

भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ नियुक्त भएका छन् ।