ओखलढुंगा एमालेमा निर्वाचन क्षेत्रस्तरीय जिम्मेवारी तोकिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटिको दोस्रो पूर्ण बैठकले प्रतिनिधिसभामा १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रदेश कमिटीबाट इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।
एमालेले ओखलढुंगामा प्रतिनिधिसभा इन्चार्जमा अम्बिरबाबु गुरुङ, प्रदेश सभा (क) इन्चार्जमा मोहन श्रेष्ठ, सहइन्चार्जमा इन्छाकुमारी गुरुङ र प्रदेशसभा (ख) इन्चार्जमा नानीबाबु बुढाथोकी, सहइन्चार्जमा केशबहरी ढुंगेललाई जिम्मेवारी तोकेको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको ३८ सदस्य सचिवालयमा ओखलढुंगाबाट गुरुङ र बुढाथोकी मनोनित भएका छन् ।
ओखलढुंगाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्य इच्छाकुमारीले गुरुङ पार्टी प्रदेशको अनेमसंघ इन्चार्ज, उमेश कार्कीले युवा तथा खेलकुद विभागको उपप्रमुख र शकुन्तला राजभण्डारीले भूमि व्यवस्था विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् ।
प्रदेश कमिटीले ओखलढुंगाका १० नेतालाई प्रदेश सल्लाहकार परिषद् सदस्यमा मनोनित गरेको छ । केदारबाबु बस्नेत, लिलाबहादुर कटवाल, शान्ता ढुंगेल, अमृत धमला, ज्ञानबहादुर खड्का (जिवी), ओम दयाल, रामबहादुर खत्री, देवकुमार खड्का, लक्ष्मण बराल र शेखर भट्टराई प्रदेश परिषद् सदस्य मनोनित भएका हुन् ।
यसैबीच प्रदेश परिषद् सदस्य मनोनित भएका शेखर भट्राईले भने पार्टीले जिम्मेवारी अस्विकार गर्दै फेसबुक स्ट्याटस लेखेर राजिनामा दिएका छन् । सामाजिक सञ्जाल मार्फत नै मनोनित भएको जानकारी पाएको र उक्त माध्यमबाटै राजिनामा दिएको भट्राईले उल्लेख गरेका छन् ।
प्रतिक्रिया