ओखलढुंगाबाट एमालेको प्रदेश कमिटीमा ८ जना निर्वाचित, कस्ले कति मत पाए ?

ओखलढुंगाबाट एमालेको प्रदेश कमिटीमा ८ जना निर्वाचित, कस्ले कति मत पाए ?


भिजन समाचार
4.9k
Shares

ओखलढुंगाबाट नेकपा एमालेको प्रदेश कमिटीमा ८ जना उम्मेदवार विजयी भएका छन् । जिल्लाबाट विभिन्न पदमा उम्मेदवार बनेका मध्ये जिल्ला क्लष्टरमा परेका ८ पदमा ८ जना  निर्वाचित भएका हुन् ।

भुगोलबाट खुला सदस्यमा सर्वाधिक मत ल्याएर पूर्वमन्त्री अम्बिरबाबु गुरुङ विजयी भएका छन् । गुरुङले जिल्लाका उम्मेदवारहरु मध्ये सबैभन्दा बढी ६१३ मत पाएका छन् । ४ खुला सदस्य पदमा गुरुङसहित ४१४ मत ल्याएर नानीबाबु बुढाथोकी, ४०४ मत ल्याएर मोहनकुमार श्रेष्ठ र २९५ सहित केशवहरी ढुंगेल निर्वाचित भएका छन् ।

खुला सदस्यमा उम्मेदवार बनेका निवर्तमान प्रदेश सदस्यहरु जिवी खड्का, सुरेश थापा, शेखर भट्टराई, लेखनाथ फुयल, रामराज खतिवडा पराजित भएका छन् । केदारबाबु बस्नेतले उम्मेदवारी फिर्ता लिएका थिए ।

महिला तर्फ ईच्छाकुमारी गुरुङ र शकुन्तला राजभण्डारी विजयी भएका छन् । गुरुङले ५५८ र राजभण्डारीले ४६४ मत ल्याएका छन् । निवर्तमान प्रदेश सदस्य शान्ता ढुंगेल पराजित भइन् । तारा कार्कीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

युवा तर्फ उमेश कार्की ३०३ मत सहित विजयी भएका छन् । ४० वर्ष मुनीको युवा क्लष्टरमा उम्मेदवार बनेका निवर्तमान प्रदेश सदस्य सुदिप सुनुवार र सोही पदका उम्मेदवार दामोदर धमला पराजित भएका छन् ।

समाबेशी दलित तर्फ धिरज ठटाल ४०२ मत सहित विजयी भएका छन् । उनले प्रदेश कमिटी सदस्य ओम दयाललाई पराजित गरेका छन् ।

प्रदेशमा जनजाती क्लष्टरमा उम्मेदवारी दिएका मणिराज राई पनि पराजित भएका छन् ।

अधिवेशनबाट कोशी प्रदेशमा घनश्याम खतिवडाको अध्यक्षमा एमालेको नयाँ प्रदेश कमिटी बनेको छ ।

ओखलढुंगाबाट प्रदेशका पदाधिकारीमा भने उम्मेदवारी परेको थिएन ।

ओखलढुंगाबाट विभिन्न क्लष्टरमा उम्मेदवार भएकाहरुले पाएको मत हेर्नुहोस् ।