ओखलढुंगामा कांग्रेसको जिल्लाव्यापी ‘वडा सम्मेलन’ सुरु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बुधबार एक औपचारिक कार्यक्रमका बीच भाद्र ३० गतेसम्म सञ्चालन हुने गरि अभियानकै रुपमा वडा सम्मेलन सुरु गरेको हो ।
बुधबार मोलुङ गाउँपालिका–१ मा वडा सम्मेलन गरि यो अभियान सुरु गरिएको नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले भिजनलाई जानकारी दिए ।
कांग्रेसको रूपान्तरण अभियानलाई बल पु¥याउने उद्देश्यले जिल्लाभर वडा सम्मेलनको थालिएको बताउँदै उनले जिल्लाका ७५ वटै वडामा सञ्चालन हुने बताए । वडा सम्मेलनको लागि ओखलढुंगा कांग्रेसले संयोजकहरु समेत तोकिसकेको छ ।
सम्मेलनमा जिल्ला तहका नेता, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधी, क्षेत्र र पालिका प्रतिनिधीहरूको उपस्थिती रहने जिल्ला सभापति खनालले बताए ।
अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान प्रभावकारी हुने उनको भनाई छ । अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास उहाँले विस्वास व्यक्त गरे ।
अभियान सफल बनाउन सबैको सहयोग भइरहेको र आगामी दिनमा पनि थप सहयोगको उपेक्षा रहेको सभापति खनालको भनाई छ । वडा सम्मेलन सम्पन्न भएपछि जिल्ला सम्मेलन आयोजना गर्ने नेपाली कांग्रेस ओखलढुंगाको तयारी रहेको छ ।
प्रतिक्रिया