ओखलढुंगा एमालेले ४२ जना प्रदेश प्रतिनिधि सर्वसम्मत छान्यो, कुन पालिकाबाट को को ?

ओखलढुंगा एमालेले ४२ जना प्रदेश प्रतिनिधि सर्वसम्मत छान्यो, कुन पालिकाबाट को को ?


भिजन समाचार
14.2k
Shares

ओखलढुंगा एमालेले सबै पालिकाबाट प्रदेश प्रतिनिधि सर्वसम्मत छानेको छ । पार्टीको प्रथम प्रदेश अधिवेशनका लागि जिल्लाका सबै आठवटै पालिका कमिटीले सर्वसम्मत प्रतिनिधि छनोट गरेका हुन् । असोज १२ र १३ मा विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि जिल्लाबाट ४२ जना प्रतिनिधि छानिएका छन् ।

पालिका कमिटीले संगठित सदस्य संख्याका आधारमा यकिन हुने संख्यामा प्रदेश प्रतिनिधि छान्ने एमालेको नीति थियो । पार्टीको सर्कुलर अनुसार सबै पालिका कमिटीले प्रकृयागत ढंगबाटै सर्वसम्मत प्रतिनिधि छनोट गरेको प्रचार विभाग प्रमुख राजिव कट्वालले बताए ।

कुन पालिकाबाट को को भए प्रदेश अधिवेशन प्रतिनिधि ?


सिद्विचरण नगरपालिकाबाट खुला तर्फ अम्बिरबाबू गुरुङ, मोहन कुमार श्रेष्ठ, केदारबाबु बस्नेत, शंकरबहादुर कट्वाल, दामोदर धमला, कुलप्रसाद दाहाल, सोभितमान गुरुङ, युवा तर्फ इन्जिनियर राजिब कटवाल, महिला तर्फ इच्छाकुमारी गुरुङ, अम्बिका श्रेष्ठ, पशुपति गुरुङ, महालक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।


खिजीदेम्बाबाट खुला तर्फ कमलप्रसाद न्यौपाने र सुदिप सुनुवार महिला तर्फ खिनमाया घिमिरे निर्विरोध निर्वाचित भएको खिजीदेम्बा पालिका कमिटी सचिव तिलक सुनुवारले जानकारी दिए ।


चम्पादेबी गाउँपालिका कमिटीबाट खुला तर्फ सुरेश थापा र महिला तर्फ दिलमाया मगर निर्विरोध निर्वाचित भएका छन् ।
लिखुबाट खुला तर्फ नानिबाबु बुढाथोकी, शेखर भट्टराई, केशबहरी ढुगेल, महिला तर्फ शान्ता ढुङ्गेल र अप्सरा पाण्डे (सुवेदी) निर्विरोध चयन भएका छन् ।


चिशंखुगढीबाट खुला तर्फ हर्केबोल राई, अशोक थापा,जिबन कुमार थापा, महिला तर्फ सकुन्तला राजभण्डारी र चम्पा राई चयन भएका छन् ।

मोलुङबाट खुला तर्फ रामराज खतिवडा, लेखनाथ फुयाल, मणिराज राई, संजय खत्री महिला तर्फ अनिता राई, सुमित्रा देवी सुनुवार (तामाङ) चयन भएका छन् ।


सुनकोशीबाट लामो रस्साकस्सीपछि महिला तर्फ तारा कार्की र खुलाबाट ज्ञानबहादुर (जिवी) खड्का निर्विरोध चयन भएका छन् ।

मानेभञ्ज्याङबाट खुला तर्फ उमेश कार्की र चित्र तामाङ, महिला तर्फ रमिला मगर निर्विरोध निर्वाचित भएका छन् ।

समाबेसी (दलित) बाट ओम दयाल, छवि मगराती, धिरज ठटाल र जुना वि.क. निर्विरोध चयन भएका छन् ।

प्रदेश कमिटीमा रहेका कतिपय नेताहरु प्रतिनिधि बन्न बाटै रोकिएका छन् । नयाँ र युवा पुस्ताले प्रतिनिधि बन्ने अवसर पाएका छन् ।