ओखलढुंगाका नेता बाबुराम गौतम माओवादीको केन्द्रीय सदस्य मनोनीत भएका छन् । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा मनोनीत भएका हुन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा गौतमसहित २ जना सदस्य थप भएका छन् । सप्तरीका अशोक कुमार मण्डल पनि केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
गौतम र मण्डललाई केन्द्रीय सदस्य मनोनीत गरिएको कोषाध्यक्ष श्रीराम ढकालले बताए । यससँगै अब माओवादी केन्द्रीय सदस्यको संख्या ४१० नाघेको छ ।
हालै बसेको केन्द्रीय कमीटीको बैठकले विधानअनुसार महिलाको कोटा पुर्याउनको लागि २२ जना केन्द्रीय सदस्य थप गरेको थियो ।
प्रतिक्रिया