प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाको सहयोगमा गणेश मावि ढुस्केको छानो फेरिएको छ । जस्ता पुरानो भएर कक्षा कोठामा पानी चुहिने अवस्थाको विद्यालयलाई सांसद खतिवडाले ६ लाख रकम बराबरको नयाँ जस्ता सहयोग गरेपछि विद्यालयको छानो फेरिएको हो ।
केहीसमय अघि ढुस्के पुगेका सांसद खतिवडाले विद्यालयको छानो फेर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । लगत्तै खतिवडाले जस्तापाता पठाएका हुन् । ‘त्यहाँ जाँदा विद्यालयको ब्लकको छानो जिर्ण र वर्षामा पानी चुहिने अवस्थाको देखेँ । त्यो तत्काल सुधार गर्ने वचन दिएको थिएँ । जस्ता पठाएँ, स्थानीय साथीहरुले छानो फेरिसक्नुभयो ।’ खतिवडाले भने, ‘हाम्रै पहलमा ओखलढुंगा भूकम्पग्रस्त जिल्ला बन्यो त्यसपछि जिल्लामा अधिकांश विद्यालयमा सुविधासम्पन्न भवनहरु बनेका छन् । छुटेका र पर्याप्त नभएका ठाउँमा पनि हामी सुधार गर्दै जान्छौं ।’ गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि आफुले सक्दो पहल गर्ने खतिवडाले बताए ।
छानो फेरिएपछि पठनपाठनमा निकै सहज हुने विद्यालयले जनाएको छ ।
प्रतिक्रिया