राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगाले एक युवा पाँच बिरुवा अभियान सुरु गरेको छ । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ संघले यो अभियान सुरु गरेको हो ।
शनिवार जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरको गुरु पार्कमा दुई सय बिरुवा रोपेर अभियानको सुभारम्भ गरिएको युवा संघ ओखलढुंगाका अध्यक्ष विनोद खत्रीले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा युवा संघका केन्द्रिय उपाध्यक्ष कृष्णहरि केसी सहित जिल्ला तहका नेता तथा युवा नेताहरुको सहभागीता थियो । वृक्षरोपण कार्यक्रम पछि जिल्ला सदरमुकाममा बैठक तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।
प्रशिक्षण कार्यक्रममा युवा संघ केन्द्रिय उपाध्यक्ष केसीले युवाहरु सिप, रोजगारी र आयआर्जनको बाटोमा लागे मात्र देशमा समृद्धि हासिल हुने बताए । युवा संघले युवाहरुलाई सामाजिक र आर्थिक रुपमा सशक्त बनाउने कुरामा लागिपरेको उनको भनाई थियो ।
बैठकमा युवा संघले जिल्लामा गरिरहेका गतिविधिको विषयमा उपाध्यक्ष केसीलाई जानकारी समेत गराइएको थियो ।
प्रतिक्रिया