ओखलढुंगा । आज असार १५ गते २० औँ राष्ट्रिय धान दिवसको अवसरमा ओखलढुंगामा रोपाइँ विशेष कार्यक्रमहरु भएका छन् । कृषि ज्ञानकेन्द्र, कृषि प्राविधिक विषय पढाइहुने विद्यालय र कृषिका क्षेत्रमा क्रियाशिल निकायहरुको आयोजनामा धान दिवस मनाईएको हो ।
‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित रुम्जाटारमा सामुहिक रोपाइँ गरिएको छ ।
रुम्जाटार माध्यमिक विद्यायल रुम्जाटारको आयोजना र केन्द्रको सह–आयोजनामा सिद्धिचरण नगरपालिका ५ वर्णालुमा धान रोपाइँ गरेर दिवस मनाइएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागबानी विकास अधिकृत टिका बानियाले बताए ।
रुम्जाटारको रोपाइँमा रुम्जाटार उच्च माविमा कृषि डिप्लोमा अध्ययनरत विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, केन्द्रका कर्मचारी र स्थानीय किसानको सहभागितामा थियो ।
प्रतिक्रिया