ओखलढुंगा । ओखलढुंगामा नेकपा एमाले निकट जन संगठन समन्वय संयन्त्रको संयुक्त बैठक बसेको छ । पार्टी कार्यालयमा आइतबार बसेको संयन्त्रको पहिलो बैठकले जन संगठनको भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
एमालेले ‘मिसन ८४’ अभियान अन्तरर्गत जन संगठनलाई चलाएमान बनाउन संगठनहरुसँग विभिन्न गतिविधिहरु सञ्चालन गर्ने जन संगठन संयन्त्र कोशी प्रदेश संयोजक तथा पार्टीका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले बताए ।
जनसंगठन समन्वय संयन्त्रको आयोजना र मदन भण्डारी फाउन्डेशनको सह–आयोजनामा यहि असार १४ गते मदन भण्डारी स्मृति दिवसका दिन श्रष्टापार्क सरसफाई गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए। असार १५ गते अखिल नेपाल किसान महासंघको समन्वयात्मक भूमिकामा धान दिवस मनाउने । जिल्लामा क्रियाशिल १४ वटा जन–संगठनहरुलाई निरन्तर चलाएमान बनाउदै लैजाने, गठन हुन बाँकी रहेका जन संगठन तत्कालै गठन गर्ने लगायतको निर्णय गरेको छ ।
गत विहिबार राति परेको अविरल वर्षाका कारण चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरोबाट विस्थापित भएकाहरुलाई आर्थिक सहयोगका लागि पहल गर्नुका साथै मृतकहरुप्रति समवेदना व्यक्त गर्ने निर्णय गरेको पार्टी सचिव एवम् संगठन विभाग प्रमुख कमल न्याैपानेले जानकारी दिए ।
जन संगठन समन्वय संयन्त्रको संयुक्त बैठकमा नेकपा एमाले ओखलढुंगा इन्जार्च खगेन्द्र राई, जिल्ला कमिटिका पदाधिकारी, जिल्लामा क्रियाशिल जन संगठनका अध्यक्ष एवम् प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया