ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति

भिजन समाचार
भिजन समाचार
२ मंसिर २०८३, मंगलबार
ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति
२ मिनेट पढाइ

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढाउन कोशी प्रदेश सरकार र स्थानीय संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ ।

लामो समयदेखि अस्पताल निर्माणको माग गर्दै आन्दोलनरत संघर्ष समितिका संयोजक माधवप्रसाद ढुंगाना र कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीबीच अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

सहमति अनुसार अस्पताल निर्माणका लागि स्थानीयले दान गरेको जग्गाको प्राविधिक टोलीमार्फत तत्काल निरीक्षण गरिनेछ । सामाजिक विकास मन्त्रालयको नाममा रहेको १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा हस्तान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

त्यस्तै, २०८३ साल मंसिरभित्र अस्पताल निर्माणका लागि वातावरणीय परीक्षण गर्ने, आवश्यक स्रोत व्यवस्थापन गर्ने र चालु आर्थिक वर्षमा भएका कामको प्रगति विवरण तयार गर्ने सहमति भएको छ ।

पहिलो र तेस्रो बुँदाको कार्यान्वयन सम्बन्धी प्रतिवेदन तयार भएपछि त्यसकै आधारमा आगामी बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गर्ने सहमतिमा उल्लेख छ ।

प्रदेश सरकारसँग सहमति भएपछि हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरिएको संघर्ष समितिका संयोजक ढुंगानाले जानकारी दिए ।

स्थानीयले अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएको वर्षौं बितिसक्दा पनि निर्माण प्रक्रिया अघि नबढेको भन्दै संघर्ष समितिले आन्दोलन गर्दै आएको थियो । माग सम्बोधन नभएपछि संयोजक ढुंगाना सहितको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन तथा भोक हड्तालसमेत सुरु गरेको थियो ।

पाँचबुँदे सहमतिसँगै अब अस्पताल निर्माणका लागि जग्गा निरीक्षण, जग्गा हस्तान्तरण, वातावरणीय परीक्षण तथा स्रोत सुनिश्चितता सहितका प्रक्रिया अघि बढ्ने भएको छ । अस्पताल निर्माणकाे माग राख्दै टाेक्सेलवासीले गत फागुनमा सम्पन्न प्रतिनिधी सभाकाे निर्वाचन बहिस्कार गरेका थिए ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन ओखलढुंगा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि जारी कोशी प्रदेशस्तरीय खेलकुद छनोट प्रतियोगितामा ओखलढुंगाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन... २ ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढाउन कोशी प्रदेश... ३ ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो ओखलढुंगा । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा मतदानस्थल तथा मतदान केन्द्रको व्यवस्थापन र सिफारिस प्रक्रिया अघि... ४ तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने ओखलढुंगाको सुनकोशी गाउँपालिकामा तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार राशिको ‘सुनकोशी गाउँपालिका कप–२०८३’ आयोजना हुने भएको छ... ५ ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन ओखलढुंगामा बुधबार देखि विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहार लागयतका... ६ १३ मोबाईल प्रहरी मार्फत फेला ओखलढुंगामा हराएका १३ मोबाईल प्रहरीले फेला पारेको छ । फेला परेका मोबाईल सम्बन्धीत धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयका...