४६ जनाको मोतिबिन्दुको शल्यक्रिया

भिजन समाचार
भिजन समाचार
१० आश्विन २०८३, शनिबार
४६ जनाको मोतिबिन्दुको शल्यक्रिया
१ मिनेट पढाइ

ओखलढुंगा । ओखलढुंगामा ४६ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका निःशुल्क छनोट शिविरबाट पहिचान भएका तथा उपचारका लागि जिल्ला सामुदायिक आँखा केन्द्रमा आएका बिरामीको शल्यक्रिया गरिएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको संयुक्त आयोजनामा शुक्रबार र शनिबार दुई दिन शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले जानकारी दिईन् ।

उनका अनुसार ३४ जनाको फ्याको प्रविधि र ९ जनाको एसआइसिएस प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । यस्तै, आँखामा मासु पलाएका तीन जनाको समेत सफल शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ ।

फ्याको प्रविधिबाट सहुलियत शुल्कमा तथा एसआइसिएस प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको हो । तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोलीले जिल्लामै शल्यक्रिया गरेको केन्द्रले जनाएको छ ।

जिल्लामै विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट शल्यक्रिया हुने व्यवस्था भएपछि पछिल्लो समय फ्याको प्रविधिबाट शल्यक्रिया गराउने बिरामीको संख्या बढ्दै गएको केन्द्रकी प्रमुख राईले बताईन् ।

मोतिबिन्दु अन्धोपनाको प्रमुख कारणमध्ये एक भएकाले समयमै उपचार आवश्यक रहेको केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नियमित रूपमा निःशुल्क छनोट शिविर सञ्चालन गरी पहिचान भएका बिरामीलाई जिल्लामै शल्यक्रियाको व्यवस्था गर्दै आइएको प्रमुख राईले जानकारी दिईन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगा । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई ४२ हजार २० रुपैयाँ नगद... २ ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगा । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत ओखलढुंगाको जिल्ला सभापतिमा डेकराज भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको १५औँ... ३ तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने ओखलढुंगाको सुनकोशी गाउँपालिकामा तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार राशिको ‘सुनकोशी गाउँपालिका कप–२०८३’ आयोजना हुने भएको छ... ४ ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित ओखलढुंगामा व्यावसायिक कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने तीन जना अगुवा कृषकलाई नगदसहित सम्मान गरिएको छ । ४६ औँ... ५ ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगा । ओखलढुंगामा सार्वजनिक यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न गन्तव्यको भाडादर निर्धारण गरिएको छ ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख... ६ व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो व्याकुल माइला गोल्डकपको दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह मानेभन्ज्याङ हर्कपुरले जितेको छ । मंगलबार भएको फाइनल खेलमा...