काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले १५ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै १५ सदस्यीय टोली गठन गरेका थिए । सोहीअनुसार सबै मन्त्रीहरूले आजै शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, उर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ र पर्यटन मन्त्रीमा खडक पौडेल रहेका छन् ।
त्यसैगरी, शिक्षा मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य मन्त्रीमा निशा मेहता, सञ्चार मन्त्रीमा विक्रम तिमल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल र कानून मन्त्रीमा सोविता गौतम नियुक्त भएका छन् ।
यस्तै, कृषि मन्त्रीमा गीता चौधरी, श्रम मन्त्रीमा दिपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी रहेका छन् । नवनियुक्त मन्त्रीहरूले शपथसँगै आ–आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

प्रतिक्रिया