काठमाडौं । बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी गरिएको जनाइएको छ ।
नवगठित मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश गरिएका छन् । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालयसमेत आफैंसँग राख्ने भएका छन् ।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै सोविता गौतम कानुन मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री तथा सुधन गुरुङ गृह मन्त्री नियुक्त भएका छन् ।
ऊर्जा मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठ ले पाएका छन् भने सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल लाई दिइएको छ । सञ्चार मन्त्रीमा विक्रम तिमिल्सिना र श्रम मन्त्रीमा दीपक साह नियुक्त भएका छन् ।
यसैगरी शिक्षा मन्त्रालय सस्मित पोखरेल ले सम्हाल्नेछन् भने पर्यटन मन्त्रीको जिम्मेवारी गणेश पौडेल लाई दिइएको छ । महिला, बालबालिका मन्त्रालय सीता वादी ले पाएकी छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त भएकी छन् ।
नयाँ मन्त्रिपरिषद्ले आजै शपथ लिएपछि सरकारको औपचारिक कामकाज सुरु हुने बताइएको छ ।

प्रतिक्रिया