नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । गुरुङले जिल्ला निर्वाचन कार्यालय ओखलढुंगामार्फत निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार उनले कुल १७ लाख रुपैयाँ खर्च गरेका छन् ।
चुनावमा करोडौ खर्च गरेको हल्लाह चलेपनि गुरुङ्ले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा मात्र १७ लाख खर्च भएको उल्लेख छ ।
खर्च विवरणअनुसार सबैभन्दा बढी रकम सवारी व्यवस्थापनमा खर्च भएको छ । गाडी भाडा, इन्धन र चालक खर्चमा ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । त्यसपछि घरदैलो कार्यक्रममा खाजा तथा खानामा ३ लाख ५० हजार र मतदाता सचेतना कार्यक्रममा ३ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
त्यस्तै प्रचारप्रसार सामग्रीमा १ लाख ५० हजार, नमुना मतपत्र, स्टिकर तथा ब्याजमा १ लाख ४५ हजार, झण्डा, ब्यानर र घोषणापत्रमा ६० हजार रुपैयाँ खर्च गरिएको छ । मतदाता प्रशिक्षणका क्रममा खाजामा १ लाख ८५ हजार र मतदाता नामावली प्रिन्टमा ५० हजार रुपैयाँ खर्च भएको छ भने मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ रहेको छ ।
निर्वाचन परिणामअनुसार गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका थिए । नेकपा एमाले परित्याग गरेर गुरुङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका थिए ।


प्रतिक्रिया