नेपाली कांग्रेस ओखलढुंगाका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनाले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका छन् । जेन–जेड पुस्ताको भावना अनुसार पार्टीलाई पुनःनिर्माण र पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनीहरूले विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका हुन् ।
विशेष महाधिवेशनको पक्षमा उभिनेहरूमा कुमार लुईटेल, रुद्रप्रसाद अधिकारी, सविता राई, सर्वधन तामाङ, हरिप्रसाद दाहाल, बेदबहादुर रोक्का, कुमार बहादुर श्रेष्ठ, प्रकाश दाहाल, दुर्गा कुमारी तामाङ, होम बहादुर विक र अर्चना लुईटेल रहेका छन् ।
त्यसैगरी, रामहरि खतिवडा, प्रदिप सुनुवार, तेजेन्द्र खनाल, खिलनाथ दाहाल, अशोक कार्की, लिला बल्दव दाहाल, दानबहादुर बानिया, पुरुषोत्तम लुईटेल, नविन राई, गोमा केसी, बाला अधिकारी, हेमालक्ष्मी राई, मैया राई, सुनिता अधिकारी र डेकराज भट्टराई ले हस्ताक्षर गरेका छैनन् ।
विशेष महाधिवेशनको मागलाई स्थानीय स्तरमा पार्टी सुदृढीकरण र नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने कदमका रूपमा हेरिएको छ । जेनजी आन्दोलन पश्चात कांग्रेस लगायत दलमा पार्टी सुदृढीकरणकाे आवाज उठ्न थालेकाे छ ।

प्रतिक्रिया