राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन् ।
श्रेष्ठका अनुसार पार्टी नेतृत्वले पटक–पटक गल्ती गर्ने तर गल्ती कहिल्यै स्वीकार नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने निर्णय गरेकी हुन् । उनले भनिन्, “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोकिदिनु पर्ने अवस्था म स्वीकार गर्न सक्दिनँ ।”
उनले पार्टीभित्र आलोचना गर्ने सदस्यमाथि मिडिया ट्रायल गर्ने प्रवृत्ति र नेतालाई सर्वोच्च स्थानमा राख्ने अभ्यासप्रति आपत्ति जनाइन् ।
श्रेष्ठ यसअघि रास्वपाको सह–महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । समानुपातिक तर्फबाट सांसद बनेकी उनी प्रचण्ड नेतृत्वको सरकारले गठन गर्दा शिक्षा मन्त्रीसमेत बनेकी थिइन् ।

प्रतिक्रिया