ओखलढुंगामा जेनजीको आन्दोलन शान्तिपूर्ण

भिजन समाचार
0
Shares

देशैभर भइरहेको विरोध प्रदर्शनको क्रममा ओखलढुंगामा पनि जेन–जेड पुस्ताले शान्तिपूर्ण आन्दोलन गरेका छन् । मंगलबार सदरमुकाममा भेला भएका उनीहरूले र्याली, नारा जुलुर र कोणसभा गर्दै सोमबार भएका आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनीहरुले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र भ्रष्टाचारमुक्त देशको माग गर्दै प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

आन्दोलनमा मृत्यु भएकाको परिवारलाई उचित राहत, क्षतिपुर्ति, घाइतेको निःशुल्क उपचार, छानबिन गरि दोषी उपर कडा कारवाहीको पनि माग गरिएको जेन–जेड आन्दोलनका एक नेतृत्वकर्ता राजेश खत्रीले बताए ।

जिल्ला सदरमुकाममा तीन स्थानबाट ¥याली सुरु निकालिएको थियो । मिलनचोक, रामबजार र जिविस टोलबाट र्याली निकालेर सदरमुकाम गरिक्रम गरिएको थियो ।

बिहान ११ बजेबाट सुरु भएको आन्दोलन दिउँसो करिब ३ बजेतिर शान्तिपूर्ण रुपले सम्पन्न भएको छ । साँझमा आन्दोलमा ज्यान गुमाएकाहरुको आत्मा शान्तिका लागि दिप प्रज्वलन गरिने र भोलिका दिनमा पनि आन्दोलन जारी रहने जेन जेड समूह ओखलढुंगाले जनाएको छ ।

यसैबिच ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले आन्दोलन शान्तिपूर्ण बनाउन बिहानै आन्दोलनकारी युवाहरूसँग छलफल गरिएको र सुरक्षा व्यवस्था कडाइ गरिएकोले पहिलो दिनको आन्दोलन शान्तिपुर्ण रहेको जानकारी दिए ।

सोमबार काठमाण्डौंसहित विभिन्न शहरमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको र चार सयभन्दा बढी घाइते भएका थिए ।