ओखलढुंगा सिद्धिचरण नगरपालिका–९ का वडा अध्यक्ष गुणराज खड्का विवेकले आफ्नो जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
अध्यक्ष खड्काले आफुले पहिले अध्ययन गरेको चन्चलादेवी आधारभूत विद्यालय खोदम्पाका ७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
आज विद्यालयमै पुगेर वडा अध्यक्ष खड्काले आठ हजार बराबरको कापी, कलम र पेन्सिल लगायतका शैक्षिक सामाग्री विद्यार्थीलाई वितरण गरेका छन् ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री दिँदा उनीहरुको पठनपाठनमा सहयोग पुग्ने भएकाले आफुले सहयोग गरेको वडा अध्यक्ष खड्काले बताएका छन् ।

प्रतिक्रिया