नव निर्वाचित प्रतिनिधिसभाका सदस्य विश्वराज पोखरेललाई ओखलढुंगाका पत्रकारले ‘तपाई अबको गृह मन्त्री हो ?’ भनेर प्रश्न गरेका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले यस्तो प्रश्न गरेका हुन् ।
जान्नेलाई छान्ने भन्दै चुनाव अघि नै सरकार गठनका लागि योग्य व्यक्तिको सूचि बनाएको राश्वपाका नेता तथा पूर्वएआईजी समेत रहेका पोखरेललाई पत्रकारले यस्तो प्रश्न सोधेका हुन् ।
जवाफमा पोखरेलले पार्टीले उचित जिम्मेवारी दिने आशा गरेपनि कुनै त्यस्तो दावी नरहेको बताए । नेपाल प्रहरीको जिम्मेवार पदमा रहेर लामो समय काम गरेको अनुभव भएकाले पार्टीले त्यसप्रकारको जिम्मेवारी दिए आफु योग्य रहेको उनको भनाई थियो ।
पोखरेलले जिल्लाबासी मतदाताको मतको सम्मान गर्दै काम गर्ने बताएका छन् ।

प्रतिक्रिया