ओखलढुंगाको भदौरेका राई दम्पतीको हत्यामा संलग्न २ जना काठमाडौंबाट पक्राउ

भिजन समाचार
640
Shares

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पत्ति चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट र हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाईलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले बरामद गरेको छ ।

काठमाडौंको डल्लुबाट पक्राउ परेका २ आरोपितलाई ओखलढुंगा ल्याइँदै छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ ।