ओखलढुंगाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । यसअघि २०७४ सालमा प्रदेशसभा सदस्य र भौतिक पूर्वाधार विकास मन्त्री हुँदा दशौं अर्बको विकास बजेट जिल्लामा ल्याएर विकासवादी नेताको पहिचान बनाएका गुरुङले आगामी ५ वर्षभित्र ओखलढुंगालाई आधारभूत आवश्यकता पुरा गर्दै समृद्ध बनाउने संकल्पसहित सयौं योजना समेटेर प्रतिवद्धता पत्र तयार गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी नेपाल जसपाको साझा उम्मेदवार रहेका गुरुङको प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त र सुशासन युक्त ओखलढुंगा निर्माण गर्ने, जेन्जी युवा पुस्ताको माग र देशको आवश्यकता अनुसार संविधान संशोधन र कानून निर्माण गर्ने, ओखलढुंगाको समृद्धिका लागि गौरवका योजना सञ्चालन गर्ने, गाउँ र सहरलाई जोड्न जिल्लाका ८ वटै पालिका समेटेर उच्चस्तरीय रिङरोड निर्माण गर्ने, जिल्लाका ८ वटै स्थानीय तह र ७५ वटै वडामा विकास पु¥याउने, जिल्लाका मुख्यसडकहरु कालोपत्रे र सडक पुलहरु निर्माण गर्ने, ग्रामिण तथा कृषि सडकहरु निर्माण एवम् स्तरोन्नती गर्ने, सबै घरमा केन्द्रीय विद्युत विस्तार गरेर उज्यालो ओखलढुंगा निर्माण गर्ने, एक घर एक धारा खानेपानीको व्यवस्था गर्ने, कृषिको आधुनिकिकरण र व्यवसायिकरण गर्ने, सामुहिक खेतीप्रणालीको विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, पशुपालन व्यवसाय प्रवद्र्धन गर्ने, उद्योग कलकारखाना स्थापना गर्ने, युवालाई गाउँघरमै स्वरोजगार र उद्यमी बनाउने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गर्ने, स्थानीय समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्ने, सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधार गर्ने, गाउँघरमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने, ओखलढुंगा सदरमुकाम बजारलाई नमूना सहरका रुपमा विकास गर्ने, पालिका पालिकामा एकिकृत बस्ति विकासको अवधारणा लागू गर्ने, महिला, दलित र सिमान्तकृत वर्गसहित सबै नागरिकलाई संविधान प्रदत्त हक अधिकार दिलाउने, सरकारी सेवा सुविधाको गुणस्तर वृद्धि गर्ने, संघीयतालाई बलियो बनाउने, प्रदेश र स्थानीय तहलाई थप अधिकार दिन र स्रोत साधन सम्पन्न बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विज्ञ समुहको सहभागितामा सरकार बनाउने र पूर्ण समानुपातिक निर्वाचन प्रणालि लागू गर्नेसहितका सैद्धान्तीक र जिल्लाका सबै क्षेत्र र वर्गलाई समेटेर विषयगत काम गर्नेगरी योजनाहरु अघि सारिएको छ ।
अम्बिरबाबु गुरुङको प्रतिवद्धता पढ्नुहाेस् ।
अधुरा योजनाको पूर्णता र जिल्लाभर गौरवका आयोजना सञ्चालनमा जोड
नेकपाका उम्मेदवार गुरुङले जिल्लामा रुग्ण अवस्थामा रहेका अधुरा योजनालाई पूर्णता दिने र जिल्लाभर ठुला गौरवका आयोजना सञ्चालन गर्ने बताएका छन् । ५ वर्षमा ओखलढुंगालाई समृद्धिको यात्रामा अघि बढाउन आफुले गर्न सक्ने योजना मात्रै अघि सारेको उनको भनाई छ । ‘जनताको सेवा मेरो पहिलो कर्तव्य हो । जिल्लाको आवश्यकता जे हो त्यो नै मेरो प्रतिवद्धता हो ।’ उनले भने,‘बजेट कसरी ल्याउने र विकास कसरी गर्ने भन्ने विषयमा मैले राम्रो अध्ययन र अभ्यास गरेको छु । मैले यसअघि गरेको काम सबैले देख्नुभएकै छ । थप जिल्लाभर समानुपातिक विकास गरेर जिल्लाबासी नागरिकले महसुस गर्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै घरदैलोमा पुगिरहेको छु ।’ जिल्लाबासी नागरिकको माग अनुसार नै आफु उम्मेदवार बनेको बताउँदै तारा चिन्हमा मतदान गरेर विजयी गराउन गुरुङले सबैलाई अपिल गरेका छन् ।
अम्बिर गुरुङले ओखलढुंगाको विकासका लागि अघि सारेका योजना पुरा गर्न चुनाव जितेर आए उचित जिम्मेवारी दिने नेकपाका शिर्ष नेताहरुले बचन दिइसकेका छन् ।

प्रतिक्रिया