तडकभडक नगरी मनाऔं ‘तीज’


तीज नेपाली नारीहरूको जीवनसँग गहिरो रूपमा गाँसिएको एक पवित्र र सांस्कृतिक पर्व हो । हिन्दु धर्मअनुसार, तिजलाई भगवान शिव र माता पार्वतीको मिलनको प्रतीकको रूपमा मनाइन्छ । यो पर्व केवल धार्मिक कर्मकाण्ड वा नाचगानको मात्रै चाड होइन, यो नारीको भावना, श्रद्धा, आत्मबल र समर्पणको प्रतिक पनि हो ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ  । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक मानिन्छ । हृदय स्वच्छ भए मनोकाङ्क्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ ।

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ । श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने । शिव पार्वतीको आरधना एवं पूजा गर्ने ।  शिव पार्वतीक�