मौरीको विषले स्तन क्यान्सर निको पार्ने

भिजन समाचार
30
Shares

अष्ट्रेलियाली वैज्ञानिकहरूले एक महत्वपूर्ण सफलता हात पारेका छन् । उनीहरूले मौरीको विषमा पाइने सक्रिय यौगिक मेलिटिन (Melittin) को प्रयोगशाला परीक्षण मार्फत आक्रामक प्रकारको स्तन क्यान्सरका कोषहरूलाई केवल ६० मिनेट भित्र पूर्ण रूपमा नष्ट गर्न सफल भएका छन् ।

अध्ययनमा देखिएको छ कि मेलिटिनले वरपरका स्वस्थ कोषहरूलाई कुनै हानि नगरी १०० प्रतिशत क्यान्सर कोषहरूलाई टार्गेट गरी नष्ट गर्छ । विशेष गरी ट्रिपल–नेगेटिभ ब्रेस्ट क्यान्सर जस्तो उपचार गर्न कठिन मानिने क्यान्सरप्रकारमा यसको प्रभावकारीता देखिएको हो ।

अनुसन्धान टोलीका अनुसार, मेलिटिनलाई अन्य क्यान्सर उपचार औषधीसँग मिलाएर अझ प्रभावकारी र लक्षित उपचार पद्धति विकास गर्न सकिन्छ ।

यो अनुसन्धान भविष्यमा सुरक्षित, सस्तो र प्रभावकारी क्यान्सर उपचारको नयाँ ढोका खोल्ने संकेतको रूपमा हेरिएको छ । यद्यपि, यसको प्रयोग मानवमा गर्नु अघि अझ विस्तृत परीक्षण र क्लिनिकल ट्रायल आवश्यक हुने वैज्ञानिकहरू बताउँछन् ।

श्राेत : ASF