ओखलढुंगाको चम्पादेवी गाँउपालिका पलापुमा ग्रामीण आँखा केन्द्र स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाको समन्वय तथा चम्पादेवी गाउँपालिकाको सहयोगमा केन्द्र स्थापना गरि सञ्चालनमा ल्याइएको हो ।
आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको लागि आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरिएका जिल्ला सामुदायिक आँखा केन्द्र प्रमुख टिका राईले बताइन् ।
ग्रामीण क्षेमत्रका नागरिकलाई गाउँमै आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्वेश्यले स्थापना गरिएको केन्द्रबाट आँखासम्बन्धी स–साना प्रकृतिका शल्यक्रियासहित आँखा जाँच, मोतियाबिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराइने उनले जानकारी दिइन् ।
त्यस क्षेत्रका स्थानीयले आँखाको स्वास्थ्य जाँच गराउन यसअघि सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका तथा राजधानी काठमाडौँ र सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोमा केन्द्र सञ्चालनमा आएसँगै बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने चम्पादेवी गाउँपालिका उपाध्यक्ष दिलामाया मगरले बताइन् ।
गाउँमै पहँुचयोग्य, प्रभावकारी र सु्लभ आँखासम्बन्धी सेवा उपलब्ध गराउने उक्ष्यका साथ स्थापना गरिएको यस केन्द्रबाट आँखाको नियमित नियामित रुपमा परिक्षण, दृष्टि कमजोरी पहिचान, मोतियाबिन्दु जाँच, औषधीपचार, परमर्श तथा आवश्यक परेमा रेफर सेवा समेत प्रदान गरिने छ ।
जिल्ला सामुदायिक आँखा केन्द्रका अनुसार यस अघि जिल्लाको खिजीदेम्बा, लिखु, मानेञ्ज्याङ र चिशंखुगढी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा भइसकेका छन् । पलापु स्वास्थ्य चौकीमा सोमबार जिल्लाको पाँचौँ केन्द्रको रुपमा केन्द्र स्थापना गरिएको र बाँकी पालिकामा पनि क्रमशः केन्द्र विस्तार हुनेछन् ।
केन्द्र उद्घाटन कार्यक्रममा कार्याक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, पालिकाका स्वास्थ्य शाखा प्रमुखसहितका कर्मचारी, तिलगङ्गा आँखा प्रतिष्ठान प्रतिनिधि, जिल्ला सामुदायिक आँखा केन्द्रका कर्मचारी, जनप्रतिधि, शिक्षक विद्यार्थी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया