ओखलढुंगालाई आगामी बैशाख २७ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको छ । सदरमुकाममा सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।
जिल्लाका पाँच वटा पालिका चम्पादेवी, मानेभन्ज्याङ, मोलुङ, चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिका पूर्ण खोप पालिका घोषणा भइसकेका छन् । घोषणा हुन बाँकी सुनकोशी, लिखु र खिजीदेम्बालाई पनि यहि बैशाख २५ गतेभित्र घोषणा गरिसक्न निर्देशन दिइएको र सबै पालिकालाई घोषणा गरेपछि जिल्लालाई घोषणा गरिने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका खोप शाखा प्रमुख उमा गुरुङले भिजनलाई जानकारी दिइन् । उनका अनुसार जिल्लाभरका खोप उमेर समुहका सबै बालबालिकाले खोप पाएको सुनिश्चित गर्न प्रभावकारी अनुगमन गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषण गरिने छ ।
बैठकमा जिल्ला खोप जिल्ला समन्वय समिति प्रमुख तथा जिसस प्रमुख टेकराज भटराई, सिद्धिचरण नगरपालिका मेयर तेजेन्द्र खनाल, जिसस उप–प्रमुख तारा काकी, जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अशमद मन्सुर लगायत खोप समन्वय समितिका पदाधिकारी र सहित सरोकारवालाको उपस्थिती थियो ।
हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषण गर्ने गरिएको छ ।
प्रतिक्रिया