राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ ओखलढुंगाको अध्यक्षमा मित्रमिनु ढकाल निर्वाचित भएका छन् । महासंघको तेस्रो जिल्ला अधिवेशनबाट मोलुङ गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा जाङ्बु शेर्पा, महिला उपाध्यक्ष अस्मिता चौलागाईँ, सचिव नरेन्द्र ढकाल, सह–सचिव निकिता दाहाल, सदस्यहरुमा गंगा भुजेल, सरणा गुरुङ, लक्ष्मी गुरुङ, मनिषा तामाङ र लक्ष्मी घिमिरे निर्वाचित भएका छन् ।
प्रतिक्रिया