चाम्लिङ कविता प्रतियोगितामा भिजनकर्मी विक्रम चेतनशील राई प्रथम भएका छन् । खुला अनलाइन चाम्लिङ कविता प्रतियोगिता ५०८५ (२०८१) मा सहभागी ११ जनामध्ये १० जना प्रतिस्पर्धीलाई पछि पार्दै भिजनकर्मी राई प्रथम भएका हुन् ।
विक्रम चेतनशिलको रोदुङ टुङ्मा शिर्षकको कविताले पुरस्कार जितेको हो । यो कविता चाम्लिङ च्यानलमा दर्शकहरुले सर्बाधिक रुचाएका थिए ।
प्रतियोगितामा निश्चलहाङ राई द्धितीय, ओमप्रकाश चाम्लिङ राई तृतीय भएका छन् ।
विजेताहरुलाई चैत्र २ गते पुरस्कार प्रदान गरिने आयोजक चाम्लिङ च्यानलले जनाएको छ ।

प्रतिक्रिया