काठमाडाैं । नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिकशास्त्र विधामा प्रदान गरिँदै आएका विभिन्न प्रज्ञा पुरस्कार–२०८२ घोषणा गर्दै १९ जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । यस पटक देखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत सुरु गरिएको छ ।
प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार जनही एक लाख रुपैयाँ राशिको प्रज्ञा पुरस्कार १२ जनालाई प्रदान गरिनेछ । समालोचना तर्फ अभि सुवेदी, भाषातर्फ मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्य साहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई, मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन तथा मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादव पुरस्कृत हुने भएका छन् ।
यसैगरी जनही ५० हजार रुपैयाँ राशिको प्रज्ञा प्रादेशिक पुरस्कार पहिलोपटक सात जनालाई प्रदान गरिने भएको छ । कोशी प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य तथा सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारीलाई पुरस्कृत गरिनेछ ।
घोषित पुरस्कारहरू वैशाख १७ गते सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।

प्रतिक्रिया