ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका तीन स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको छ । वडा नं.१ को मोली स्वास्थ्य चौकी, वडा नं.३ को उँबु स्वास्थ्य चौकी र वडा नं.४ को केत्तुके स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड मेसिन जडान गरि सेवा सञ्चालन गरिएको हो ।
स्वाथ्य चौकीहरुमा जडान गरिएको मेसिन मार्फत सेवा दिन थालिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले बताए । मेसिन सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई तालिम दिए सँगै सेवा सञ्चालन भएको दाहालले जानकारी दिए ।
अन्ट्रासाउन्ड मेसिन मार्फत गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न सहज भएको बताईएको छ । गर्भवतीले अल्ट्रासाउण्ड गर्नकै लागि अन्यत्र धाउनु पर्ने बाध्यता हटेको प्रमुख दाहालको भनाई छ ।
प्रतिक्रिया