ओखलढुंगाको टारकेराबारीमा नेता कार्यकर्ताले पार्टी कार्यालय बनाएका छन् । लिखु गाउँपालिका–८ टारकेराबारीमा पार्टीका नेता, कार्यकर्ताले सहयोग संकलन गरेर नेकपा (एमाले) को कार्यालय बनाएका हुन् ।
एमाले पार्टीमा आवद्ध नेता कार्याकर्ताले संकलन गरेको २८ लाख बढी रकमले नेकपा (एमाले) वडा कमिटीको पक्की कार्यालय भवन निर्माण सम्पन्न भएको छ । करिब एक बर्ष अघि देखि निर्माण सुरु भएको उक्त भवनको दोस्रो वडा अधिवेशनको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत भर्चुअल माध्यमबाट उद्घाटन गरिएका थिए ।
भवन उद्घाटन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नेता–कार्यकर्ता आफै जुटेर, खटेर सुन्दर र सुविधा सम्पन्न भवन बनाउनु आफैमा उदाहरणीय काम भएको भन्दै प्रशंसा गरेका छन् । भवन जस्तै त्यस क्षेत्रमा पार्टीलाई पनि थप मजबुत बनाउन कार्कीको आग्रह छ ।
अधिवेशनलाई सम्बोधन गर्दै संविधान सभा सदस्य यज्ञराज सुनुवारले वडा तहबाटै पार्टीलाई मजबुत बनाउन सबै एक भएर लाग्न अनुरोध गरेका छन् ।
यसैबिच नेकपा एमाले लिखु–८ वडा कमिटीको दोस्रो अधिवेशनले बिष्णु प्रसाद तिमल्सिना (लक्ष्मण) को अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी चयन गरेको छ ।
उपाध्यक्षमा केशव प्रसाद पौडेल, सचिवमा झकेन्द्र पौडेल, उप–सचिवमा कृष्ण पौडेल र सरिता राय पौडेल सहित ३१ सदस्यी नयाँ वडा कमिटी चयन भएको नेकपा एमाले लिखु गाउँपालिका कमिटी अध्यक्ष विशाल पौडेलले जानकारी दिए ।
प्रतिक्रिया