भूमि समस्या समाधान आयोग ओखलढुंगाको अध्यक्षमा पुरुषोत्तम लुइटेल नियुक्त भएका छन् । सरकारले ७१ वटा जिल्लामा आयोगका अध्यक्ष नियुक्त गरेकोमा ओखलढुंगाका लागि लुईटेल नियुक्त भएका हुन् ।
यस अघि लुइटेल राष्ट्रिय भूमि आयोगको अध्यक्ष थिए । आयोगको. अध्यक्षमा नियुक्त भएसँगै लुइटेलले जिल्लालाई सुकुम्बासी मुक्त बनाउने बताएका छन् ।
अघिल्लो कार्यकालमा भएका उपलब्धीलाई संस्थागत गर्दै यस कार्यकालमा जिल्लाका सबै भूमिहिन दलित, विपन्न तथा सुकुम्बासीहरुलाई मापदण्ड अनुसार जग्गा दिलाएर दिर्घकालिन रुपमा समस्या समाधान गर्ने उनको भनाई छ । लुइटेल नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधी हुन् ।
प्रतिक्रिया