सङ्गठन सुदृढीकरणमा जोड दिदै कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सम्पन्न

सङ्गठन सुदृढीकरणमा जोड दिदै कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सम्पन्न


भिजन समाचार
106
Shares

सङ्गठन सुदृढीकरणमा केन्द्रीत गरेर सञ्चालित नेपाली कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानिय तहमा सञ्चालित अभियान मङ्गलबार ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा औपचारिक रुपमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख मिन बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सञ्चालित अभियान गाउँ देखी जिल्ला सम्म कांग्रेसको सङ्गठन सुधारका लागि जोड दिईएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव भोज कुमार श्रेष्ठले बताए । आठ वटै स्थानिय तह र ७५ वडा तहमा सम्म अभियान सञ्चालन गरिएको श्रेष्ठको भनाई छ ।

अभियानका क्रममा आठ स्थानिय तहका कांग्रेसमा आवद्ध नेता कार्यकर्ताहरुलाई केन्द्रीय प्रतिनिधी विश्वकर्मा मार्फत प्रशिक्षण दिईएको सहसचिव श्रेष्ठले बताए । यसका साथै पालिका साथै वडा तहमा रहेका समितिहरुको नियमित बैठक बसे नबसेको, वडा, पालिका र जिल्ला विच समन्वय भए नभएको, कृयाशिल सदस्ता वितरण तथा नविकरण भए नभएको अनुगमन गरिएको श्रेष्ठले जानकरी दिए ।

पार्टिको सुदृढिकरण र मजबुत बनाउन लाग्न नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी सूचना तथा सञ्चार विभाग प्रमुख विश्वकर्माले सुझाव दिएका छन् । सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी, चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिकामा पालिका स्तरिय अभियान सञ्चालन गरिएको थियो । अभियान अन्तरर्गत नेपाली कांग्रेसका वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तहका नेता कार्यकर्ताहरु परिचालित भएका दिए ।

यस अवसरमा नागरिकको समस्या, माग, गुनासो बुझ्ने तथा सङ्कलन गर्ने काम भएको थियो । पार्टी र जनप्रतिनिधी प्रति नागरिकको धारण बुझ्ने र गुनासो सम्बोधन गर्ने काम समेत भएको नेपाली कांग्रेस जिल्ला उपसभापति कमल तामाङले बताए । गाउँ तहमा रहेका नागरिकलाई केन्द्र विन्दुमा राखेर आवश्यक विकास, समस्या समाधान तथा उनिहरुको अबस्था नजिक बाट बुझ्ने काम भएको उपसभापति तामाङले जानकारी दिए ।

पालिका तथा वडा तहमा महाधिवेश प्रतिनिधीहरु, ओखलढुङ्गा प्रदेश क मा प्रदेश प्रतिनिधी कुमार लुईटेल, प्रदेश ख मा रुद्रप्रसाद अधिकारी पार्टी उपसभापति कमल तामाङ र नबराज केसीलाई संयोजक तोकिएको थियो । अनुगमन समितिमा पार्टी सभापति तेजेन्द्र खनाल र केन्द्रीय सदस्य द्वय रामहरि खतिवडा र प्रदिप कुमार सुनुवार परिचालित भएका थिए ।