मोलुङ–५ को अध्यक्षमा एमालेका गंगा तामाङ विजयी

मोलुङ–५ को अध्यक्षमा एमालेका गंगा तामाङ विजयी


भिजन समाचार
3.5k
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा एमालेका गंगा तामाङ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा एमालेका तामाङले ३९९ मत ल्याएर विजयी हुँदा उनका निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३, जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत पाएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए। जम्मा १२ मत बदर भएको निर्वाचन अधिकृत गाैतमले बताए । कुल १३ सय २५ मतदातामध्ये ७६८ जनाले मतदान गरेका थिए ।
जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ–५ का वडा अध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकाले ओखलढुङ्गामा उपनिर्वाचन भएको हाे ।