ओखलढुङ्गा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न, करिब ५८ प्रतिशत मत खस्यो

ओखलढुङ्गा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न, करिब ५८ प्रतिशत मत खस्यो



ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा ५७.९६ प्रतिशत मतदाताले मतदान गरेको छन् ।

कुल १३ सय २५ मतदातामध्ये ७६८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताए । मतदान केन्द्र ‘क’ मा ३८८ र केन्द्र ‘ख’ मा ३८० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

गौतमका अनुसार ४०७ जना पुरुष र ३६१ जना महिलाले मतदान गरेका छन् । सर्वदलिय बैठक राखेर आज साँझ बाट मत गणनाको काम थाल्ने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उनको भनाई छ ।

वडाध्यक्ष १ पदका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) गरी ६ दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध चयन भएका छन् । जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ–५ का वडा अध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकाले उपनिर्वाचन भएको थियो ।