मोलुङ ५ मा ५१ प्रतिशत मत खस्यो

मोलुङ ५ मा ५१ प्रतिशत मत खस्यो



ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भईरहेको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखी सुरु भएको मतदानमा दिउसो १ः३० बजे सम्म ५१.१६ प्रतिशत मत खसेको हो ।

कुल १३ सय २५ मतदाता मध्ये ६७८ जनाले मतदान गरि सकेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतम बताए । मतदान केन्द्र क मा ३५० र केन्द्र ख ३२८ जनाले मतदान गरि सकेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाई छ । हालसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

उपनिर्वाचनमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ । बेलुका ५ बजे सम्म मतदानको समय छ । वडाअध्यक्ष १ पदका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपा गरी ६ दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।