ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भईरहेको उपनिर्वाचनमा हाल सम्म २४७ जनाले मतदान गरेका छन् । विहान ७ बजे बाट सुरु भएको मतदानमा ११ बजे सम्ममा २४७ जनाले मतदान गरेका हुन् ।
केन्द्र क मा १३२ र केन्द्र ख मा ११५ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन अधिकृत गौतमले बताए । विहान पहिलो चरणमा उम्मेदवार र विभिन्न दलका नेताहरुले मतदान गरेका थिए ।
मोलुङ गाउँपालिका–५ मा एक हजार ३२५ मतदाता छन् । वडाअध्यक्ष १ पदका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपा गरी ६ दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाको आठ स्थानिय तहका ७५ वडा मध्ये मोलुङ गाउँपालिकामा उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया