आगलागीबाट ज्यान गुमाएकाको परिवालाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति एवम् कांग्रेस नेता रामहरि खतिवडाले सहयोग गरेका छन् । वेतीनिका अग्निपीडित परिवारलाई खतिवडाले सहयोग गरेका हुन् ।
जिल्लाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि सोमबार ५५ वर्षिय पुण्यमाया धमला र वर्ष १६ का छोरा कञ्चन धमलाको ज्यान गएको थियो ।
आगलागीमा परि श्रीमती र छोरा गुमाएका रेवति धमलाको घरमै पुगेर नेता खतिवडाले २२ हजार सहयोग गरेका हुन् । उनले परिवारजनलाई शनिबार भेटेर समवेदना सहित सहयोग रकम प्रदान गरेको उनका स्वकीय सचिव हुकुम वाम्बुले राईले जानकारी दिए ।
सिद्धिचरण नगरपालिकाकाले पनि एक लाख सहयोग रकम प्रदान गरेको छ । नगरपालिकाका मेयर तेजेन्द्र खनालले आगलागीमा परि श्रीमती र छोरा गुमाएका रेवति धमलाको घरमै पुगेर नगपालिकाको तर्फबाट एक लाख प्रदान गरेका हुन् ।
अप्रत्यासित घटनाले आफुहरुलाई पनि दुःखित तुल्याएको बताउँदै शोकको अवस्थालाई शक्तिमा बदलेर सम्हालिन परिवारजनमा समवेदना प्रकट गरे । यस अघि जिल्ला प्रशासन कार्यालयले तीन लाख र नेपाली सेनाको दुर्गा बक्स गणका गणपति विजय लिम्बु आङदम्बेले गणको तर्फबाट खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया