ओखलढुंगा एमालेका नवनिर्वाचित अध्यक्ष जिवी खड्काले ओखलढुंगा जिल्ला एमालेको लालकिल्ला बनाउने उद्घोष गरेका छन् । दशौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष खड्काले अग्रजको योगदानलाई संस्थागत र युवाको उर्जालाई प्रोत्साहन गर्दै आफ्नो कार्यकाल स्वर्णिम बनाउने प्रतिवद्वता जनाएका हुन् ।
कार्यकर्ताले गर्व गर्ने पार्टी निर्माण गर्ने र मिसन ८४ लाई गतिमा पुर्याउने बताए । आगामी आम निर्वाचनमा जिल्लामा पार्टीलाई पहिलो बनाउने गरी आजैबाट काम थाल्ने बताए ।
मन नमिलेका नेताहरु मिलाएर लैजाने र गुट बिहिन एमाले निर्माण गर्ने अध्यक्ष खड्काको भनाइ थियो ।
नवनिर्वाचित जिल्ला कमिटीको सपथग्रहण समेत आजै सकिएको छ ।
प्रतिक्रिया