भिजन आइडलको डिजिटल अडिसनबाट ४० जना छानिए

भिजन आइडलको डिजिटल अडिसनबाट ४० जना छानिए


भिजन समाचार
10.2k
Shares

भिजन आइडलको डिजिटल अडिसनबाट ४० जना छानिएका छन् । भिजन आइडल चौथो संस्करणको डिजिटल अडिसनमा सहभागी १५१ जनामध्ये उत्कृष्ट ४० जना दोस्रो चरणको लाइभ प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।

माघ १० देखि २० गतेसम्म १० दिन सञ्चालित डिजिटल अडिसनमा देशका विभिन्न क्षेत्रबाट १५१ जनाले उत्साहजनक सहभागिता जनाएको र सो मध्ये निर्णायकहरुबाट नियमानुसार उत्कृष्टलाई दोस्रो चरणका लागि छानिएको भिजन नेपालका सचिव एसबी जेरोले बताए । उनका अनुसार छनोट भएकाहरुले माघ २९ गते ओखलढुंगा सदरमुकाममा खुला लाइभ प्रतिस्पर्धा गर्नुपर्ने छ । २९ गतेको प्रतिस्पर्धाबाट छानिएकाले फाल्गुण १ गते प्रतिस्पर्धा गर्ने छन् । १ गतेको प्रतिस्पर्धाबाट ४ जना छानिने छ । छानिएका ४ जनाले भिजन एफएमको वार्षिकोत्सवको अवसरमा फाल्गुण २ गते प्रतिस्पर्धा गर्ने छन् । उनिहरु मध्ये १ जना आइडल, १ जना रनरप र २ जना फाइनलिष्ट बन्नेछन् ।

आइडल विजेताले ३० हजार ३ सय ३३ तेत्तिस नगद र ट्रफि, रनरअपले १५ हजार ५ सय ५५ नगद र ट्रफि र २ जना फाईनलिष्टले नगद ५ हजार ५ सय ५५ र ट्रफि प्राप्त गर्ने छन् ।

कला र साहित्यको उर्वरभूमी ओखलढुंगामा भिजन एफएमले हरेक वर्ष स्थापना दिवसको अवसरमा एकल गायन प्रतियोगिता भिजन आइडल सञ्चालन गर्दै आएको छ ।

ग्रामिण क्षेत्रका युवाहरुको प्रतिभा पहिचान गर्दै कला र संस्कृतिको विकास गर्ने भिजन आइडललाईमा एसएमएस जस्ता वैकल्पिक सर्तहरु नराखिने भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । अन्य निर्णायक नीति लिँदा उत्कृष्ट कला ओझेलमा पर्ने भएकाले भिजन आइडलमा सहभागीले प्रतिस्पर्धा जित्न एसएमएस भोटिङको सहारा लिनुपर्ने छैन ।

फाल्गुण २ गते भिजन एफएमको सातौं स्थापना दिवसका अवसरमा जिल्लाको विकास र समृद्धिका लागि सञ्चारको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रियालगायतका कार्यक्रम समेत गरिने भिजनले जनाएको छ ।

भिजन नेपालले ओखलढुंगामा भिजन एफएम ९०.५ मेगाहर्ज, भिजन नेपाल साप्ताहिक पत्रिका र भिजनसमाचारडटकम अनलाईन सञ्चालन गरिरहेको छ ।