गठबन्धनका राष्ट्रियसभा उमेद्वार मत माग्दै ओखलढुंगामा: जिताउन नेताहरुको अपिल

गठबन्धनका राष्ट्रियसभा उमेद्वार मत माग्दै ओखलढुंगामा: जिताउन नेताहरुको अपिल


भिजन समाचार
1.7k
Shares

कोशी प्रदेशबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनका उमेद्वार बनेका नेताहरुले ओखलढुंगामा मत मागेका छन् । उमेद्वारहरु नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले ओखलढुङ्गामा मत मागेका हुन् ।

वर्तमान सत्ता गठबन्धनको दिर्घकालिन सहकार्यका लागि अहिलेका उमेद्वारलाई जिताउनु पर्ने कांग्रेस नेता सिटौलाको भनाई छ । राष्ट्रिय सभा चुनावमा नेताहरुले नै मतदान गर्ने भएपनि अघिल्ला चुनावमा कतिपय मत बदर भएकाले यो चुनावमा मत बदर नहुनेगरी मतदान गर्न अपिल गरेका छन् ।

माओवादी नेतृ कार्कीले आफ्नो गृह जिल्ला ओखलढुंगाबाट शतप्रतिशत र अन्य जिल्लाबाट समेत बहुमत सहित मत पाउने विश्वास व्यक्त गरिन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गामा यसअघिका निर्वाचनहरुमा गठबन्धन सफल भएको बताए । राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धनको भोट अन्यन्त्र नजाने बताए ।

ओखलढुंगामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल, प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, प्रदीपकुमार सुनुवार र गोपाल लिम्बु, नेपाली कांग्रेस झापा र सोलुखुम्बुका जिल्ला सभापतिहरू, गठबन्धन दलका नेतालगायत सहभागी थिए ।