नेकपा एमालेको संकल्प यात्रा सकिएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पौष १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगियो । मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्राले मूलतः कार्यकर्तामा उत्साह जगायो भने जनतामा एमालेप्रतिको विश्वास बढायो ।
मुलुकमा अनेक खालका समस्याहरु बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले संकल्प यात्रा गरेर जनताका बीचमा जाने प्रयत्न गरेको छ । विकासको सम्भाव्यता पहिचान गर्ने र स्थानीय बासिन्दाले भोगिरहेका समस्या सुन्दै समाधानका उपाय खोजिगर्दै प्रतिपक्षका तर्फबाट सरकारलाई खबरदारी गनै काम भयो ।
पृष्ठभागमा देश र जनताका सवाललाई यात्राको प्रमुख उद्देश्य देखाइए पनि पार्श्वभागमा राजनीतिक उद्देश्य नै प्रमुख थियो । संकल्प यात्रा मुलुकको समृद्धिका लागि एमालेको मजबुद संगठन निर्माण र ‘मिसन–०८४’ कै एक हिस्साका रुपमा बुझ्नुपर्दछ ।
नेकपा (एमाले) ले २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्य राखेर शृंखलाबद्ध अभियान चलाइरहेको छ । २०७९ फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरूट’ अभियान चलाएको एमालेले लगत्तै प्रदेशका अधिवेशनहरू सम्पन्न गरेर पार्टी पंक्तिलाई चलायमान बनायो । अहिले मध्यपहाडी भेगलाई केन्द्रमा राखेर संकल्प यात्रा ग¥यो । संकल्प यात्राले पार्टी एकमना एकताका साथ नेतृत्वको आकर्षणसँगै जनताको साथ र कार्यकर्ताको जगमा अडिएको पार्टीका रुपमा एमाले देखाएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत जहाँ जहाँ एमालेका भेटघाट र सभाहरु भए त्यहाँ स्वस्फुर्त आम नागरिकको उल्लेख्य उपस्थिती रह्यो । यसले नै एमालेको जग कति बलियो छ भन्ने दर्शाएको छ ।
लोकतन्त्रमा नागरिकले उत्तरदायी सेवक खोज्छन्, कार्यकर्ताले जवाफसहितको नेता । अध्यक्ष केपी शर्मा ओली यतिबेला एमाले कार्यकर्ताका लागि मात्रै होइन सिंगो देशबासीका आशालाग्दा, राष्ट्रियताका सवालमा सत्तामा हुँदा होस् वा सडकमा उत्तिकै सकृय नेता हुन् भन्ने यो यात्राका क्रममा भएका कार्यक्रमहरुले पुष्टि गर्दछ । ओलीपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेरसँगै अरुअरु उत्तिकै प्रभावशाली नेताहरुको एकतावद्ध यात्राले कार्यकर्तालाईलाई उत्साहित बनाएको छ । जनताका मुद्दामा एमाले संवेदनशिल छ भन्ने देखाएको छ ।

पाँच लाख बढी संगठित सदस्य, दुई दर्जन जनसंगठन, एक हजार हाराहारी प्रदेश सदस्य, तीन सय बढी केन्द्रीय सदस्य भएको एमालेमा नेतृत्वको निर्देशन र पार्टीको नीति निर्णयमा स्थानीय सम्बन्ध बढाउँदै राष्ट्रिय सन्देश दिन एमाले सफल भएको छ । मध्ये पहाडी क्षेत्रमा पार्टीका कार्यक्रम र भेटघाट भए तर यसको सन्देश विश्वभर फैलिएको छ । सामाजिक सञ्जाल एमालेको महाअभियान मय बनेको छ ।
सहरी क्षेत्रलाई छाडेर हेर्ने हो भने मध्यपहाडी लोकमार्ग आसपासका गाउँहरू निर्जन बन्दैछन् । सुविधाको खोजीमा सहर पस्नेको जमातले राजमार्ग सुनसान छ । ट्र्याक जोडिरहेका ठाउँमा मात्र होइन, कालोपत्रे भइसकेको ठाउँमा पनि बजार बन्न सकेको छैन।
ती ठाउँको सम्भावना उजागर गर्न, मध्यपहाडी राजमार्गलाई नै चर्चामा ल्याउन संकल्प यात्रा फलदायी बन्ने धेरैको अपेक्षा छ ।
एमालेको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान

प्रतिक्रिया