ओखलढुंगाबाट सांसद निर्वाचित भएपछिको १ वर्षे कामको वार्षिक समिक्षा गर्दै खतिवडा

ओखलढुंगाबाट सांसद निर्वाचित भएपछिको १ वर्षे कामको वार्षिक समिक्षा गर्दै खतिवडा


भिजन समाचार
1.7k
Shares

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले सांसद निर्वाचित भएपछिको १ वर्षे कामको वार्षिक समिक्षा गर्ने भएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति समेत रहेका खतिवडाले जिल्लामा गरेका विकास निर्माणका कामको समिक्षा गर्दै आगामी योजना तर्जुमा गर्ने तयारी गरेका हुन् ।

पछिल्लो निर्वाचनयता जनप्रतिनिधिको पहल र सरकारी निकायबाट भए गरेका कामको अनुगमन र मुल्याङ्कन गर्दै नागरिकको सन्तुष्टी मापन गरेर जिल्लास्थित कार्यालय प्रमुखहरुसँग छलफल गरिने खतिवडाले बताए । साँघुटारा–घोराखोरी सडकसहित ओखलढुंगामा सञ्चालित गौरवका आयोजनाका रुपमा रहेका विकास निर्माणका कामको गुणस्तरताका विषयमा आयोजना सञ्चालित स्थानमा सार्वजनिक सुनुवाई गरिने खतिवडाको भनाई छ । ‘हामी निर्वाचित भएपछि विगतका थुप्रै अधुरा आयोजनाको काम अघि बढेको छ । पैरेको पुलसहितका नयाँ योजनाको प्रारभ्म गरेका छौं । १ वर्षमा के कति कामहरु भए त्यो जिल्लामै नागरिक र सरोकारवालासँग बसेर समिक्षा गर्दैछु ।’ खतिवडाले भिजनसँग भने, ‘राजनीतिक अस्थिरता र आर्थिक मन्दीका कारण सोचेजस्तो गर्न सकिएको छैन । तर यो कार्यकाल स्वर्णिम बनाउने लक्ष्य छ ।’ खतिवडाले ८ गते घोराखोरीमा सार्वजनिक सुनुवाई गर्ने र १० गते ११ बजे जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखसँग १ वर्षमा के के भए, गर्नुपर्ने के के रोकिए भन्ने विषयमा तथ्यसहित छलफल गर्ने कार्यक्रम राखेका छन् ।

ओखलढुंगा जिल्ला ठेकेदार पीडित जिल्लाका रुपमा रहेकाले काम जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न सरकारलाई समितिबाट सिफारीस गरिएको बताए ।

प्रभावकारी अनुगमन नहुँदा पूर्वाधार विकासका कामहरु गुणस्तरीय नभएकाले जिल्ला जिल्लामा कार्यालय प्रमुख, केन्द्रमा प्रधानमन्त्री, मन्त्री र सचिवलाई अनुगमन र कारबाही गर्न संसदीय समितिले सिफारीस गर्ने सभापति खतिवडाले बताएका छन् ।

तपाइँकाे १ वर्षे कार्यकाल कस्ताे रह्याे भन्ने सवालमा भिजनले सांसद खतिवडासँग गरेकाे बहस अडियाेमा सुन्नुहाेस्